ऐतिहासिक कथामा मञ्चन हुँदै नाटक ‘काली पार’

हिमाल प्रेस ३ भदौ २०८२ ११:१९
22
SHARES
ऐतिहासिक कथामा मञ्चन हुँदै नाटक ‘काली पार’

काठमाडौँ- ऐतिहासिक कथामा आधारित नाटक ‘काली पार’ मञ्चन हुने भएको छ। नाटक टेकुस्थित कौसी थिएटरमा मञ्चन हुन लागेको हो।

यही भदौ १२ देखि आगामी असोज ४ सम्म मञ्चन हुन लागेको नाटकका निर्देशक मुक्तिप्रसाद पौडेलले जानकारी दिए।उनकाअनुसार नाटकमा पन्ध्रौं शताब्दीतिरको पहाडी टुक्रे राज्यहरूको युद्ध, राजनीति तथा सामाजिक परिवेश देखाउन खोजिएको छ।

नाटकमा सागर दाहाल, ऋषिकेश बस्याल, कविर काफ्का, आयुश्मा मगर, निरज पन्थी, मुकुन्द खलपात्र, आशिष काफ्ले, दिलराज राई, सरद भण्डारीलगायत २० जना कलाकारले अभिनय गरेका छन्।

कथा घेराको सहकार्यमा पत्रमञ्जूषाले निर्माण गरेको नाटक मुक्ति र प्रवीण पौडेल संयुक्त निर्देशनमा बनेको छ। यो उनीहरुको डेब्यु निर्देशित नाटक हो। नाटकको कथा डेब्यु निर्देशक मुक्तिले नै लेखेका हुन्। उनले लेखेको यो दोस्रो नाटक हो। यसअघि कौसीमै मञ्चन भएको ‘काँचो धागो’ को कथा उनकै थियो। नाटक आशान्त शर्माले निर्देशन गरेका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast