बढुवा भएका सशस्त्र प्रहरी अधिकृतहरूलाई दर्ज्यानी चिह्न प्रदान

हिमाल प्रेस २ भदौ २०८२ १८:३२
30
SHARES
बढुवा भएका सशस्त्र प्रहरी अधिकृतहरूलाई दर्ज्यानी चिह्न प्रदान

काठमाडौँ- सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले विभिन्न तहमा बढुवा भएका अधिकृतहरुलाई दर्ज्यानी चिह्न प्रदान गरेका छन्।

सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक पदमा ६ जना, सशस्त्र प्रहरी उपरीक्षक पदमा २२ जना, प्राविधिक सशस्त्र प्रहरी उपरीक्षक पदमा एक जना, सशस्त्र प्रहरी नायव उपरीक्षक पदमा ४८ जना र प्राविधिक सशस्त्र प्रहरी निरीक्षक पदमा एक जना तथा अनिवार्य अवकाश पूर्व एक तह विशेष बढुवा भएका प्राविधिक सशस्त्र प्रहरी नायव उपरीक्षकलाई दर्ज्यानी चिह्न प्रदान गरेका हुन्।

सो क्रममा महानिरीक्षक अर्यालले संगठनमा सेवारत रहँदा पदोन्नतिको विशेष महत्त्व हुने र पदोन्नतिसँगै प्राप्त जिम्मेवारी, सकारात्मक, सोच, दृष्टिकोण र कार्यशैलीकासाथ सम्पादन गर्न निर्देशन दिए।

प्रकाशित: २ भदौ २०८२ १८:३२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast