
काठमाडौँ- नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको मूल्य ७०० र चाँदीको मूल्य ५ रुपैयाँ घटेको जनाएको हो।
आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९५ हजार ५०० रुपैयाँ कायम भएको छ। यसअघि शुक्रबार छापावाल सुन तोलामा १ लाख ९६ हजार २०० रुपैयाँ कायम भएको थियो।
आइतबार चाँदीको मूल्य पनि घटेको छ। शुक्रबार तोलामा २ हजार ३१५ रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार घटेर तोलामा २ हजार ३१० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।
प्रकाशित: १ भदौ २०८२ ११:२६
प्रतिक्रिया