भदौ ५ मा मदन भण्डारी फाउन्डेसनको भवन उद्घाटन, ओलीलाई पनि बोलाइने

हिमाल प्रेस ३१ साउन २०८२ ८:३१ | Saturday, August 16, 2025
भदौ ५ मा मदन भण्डारी फाउन्डेसनको भवन उद्घाटन, ओलीलाई पनि बोलाइने काठमाडौँको थापागाउँमा मदन भण्डारी फाउन्डेसनले भाडामा लिएको घर। तस्बिर : हिमालप्रेस

काठमाडौँ- दुईपटक राष्ट्रपति बनेकी विद्या भण्डारी फेरि पार्टी राजनीतिमा सक्रिय बन्दैछन्। उनी राजनीतिक सक्रियता बढाउन कहिले औपचारिक कार्यक्रममा त कहिले चिया पसलसम्म पुग्दैछन्। गत शुक्रबार पनि उनी चिया अड्डामा पुगेकी थिइन्।

उनले गएको असार १४ मै एमालेको राजनीतिमा फर्किएको घोषणा गरेकी थिइन्। तर एमालेले भण्डारी पूर्वराष्ट्रपतिकै हैसियतमा बस्नुपर्ने भन्दै सदस्यता खारेज गरिदिएको छ। उनी मदन भण्डारी फाउन्डेसनमार्फत सक्रिय बन्दै गएको नेताहरू सुनाउँछन्। उनका श्रीमान् एवं दिवंगत नेता मदन भण्डारीको नाममा रहेको फाउन्डेसनले विभिन्न कार्यक्रम गर्दै आएको छ। फाउन्डेसनले भण्डारीको हीरक जयन्ती भव्यताका साथ मनाउने तयारी गरेको छ।

फाउन्डेसनले नयाँ बानेश्वरको थापागाउँमा नयाँ भवन लिएको छ। मदन-विद्याको राजनीति जोडिएको सोही घर (एमाले नेता विदुर मैनाली)बाट फाउन्डेसनका गतिविधि बढाउन भण्डारीले चाहेकी छन्। भवनको आगामी भदौ ५ मा उद्घाटन हुँदैछ।

एमाले नेता प्रकाश गौतम भवन उद्घाटनका लागि तयार गरिसकेकाले अब तत्कालै कामकारबाही समेत सुरु हुने बताउँछन्। केही समयअघिदेखि सोही घरको मर्मतको काम भइरहेको छ। भण्डारी निकट एक नेताका अनुसार उद्घाटन कार्यक्रममा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि बोलाउने तयारी छ।

‘सबैलाई बोलाइन्छ। अध्यक्षज्यूकै हातबाट गराउने तयारीमा छौँ।’ ओली फाउन्डेसनका संरक्षक हुन्।  फाउन्डेसनले भण्डारीको हीरक जन्मजयन्ती आगामी २०८४ सम्म गर्ने भएको छ।

प्रकाशित: ३१ साउन २०८२ ८:३१ | Saturday, August 16, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast