
काठमाडौँ- ‘मिस्टर नेपाल २०२५’का लागि ३० युवा छनोट भएका छन्। आयोजक नेक्स्ट मोडल्स नेपालले देशभरबाट आएको डिजिटल अडिसनबाट ३० प्रतियोगी छानिएको जानकारी दिएको हो।
अडिसन काठमाडौँ, इटहरी, जनकपुर, हेटौंडा, चितवन, भैरहवा, धनगढी, पोखरा र नेपालगञ्जमा गरिएको थियो। प्रतियोगीमा कृष्ण कसुधम नेपालगञ्ज, इन्द्र ढुङ्गेल महेन्द्रनगर, रेजोनकुमार गौतम धनगढी, सन्देश गजुरेल नुवाकोट, दर्पण सिंह गिरी पोखरा, दिनेश गुरुङ स्याङ्जा, निशान्त बुढायर कञ्चनपुर, कुशग्र गुप्ता नेपालगन्जका छन्।
सत्यम पाठक, सक्रिया घिसिङ तामाङ, सन्दीप भारती र प्रणिप श्रेष्ठ काठमाडौँका, निश्चल मानन्धर हेटौँडा, अजय रौनियार दुहबी सुनसरी, विजय स्याङ्तान मकवानपुर, अशिम बस्नेत, विशनजंग निरौला इटहरी, गिरीश रत्न शाक्य भद्रपुर झापा रहेका छन्।
त्यस्तै, अजय रिजाल धनगढी, एञ्जल गिरी धरान, आशिष गिरी अमेरिका, अष्टिन शेरचन ललितपुर, हिमाञ्चल राज केसी ललितपुर, निशान कार्की विराटनगर, सबल कटुवाल कटारी, उदयपुर, सुजल उपाध्याय भैरहवा, प्रकाश चौहान मोरङ, निशान्त केसी सुर्खेत, लक्ष्मणचन्द ठकुरी बैतडी र प्रभात थापा क्षेत्री नेपालगन्जका रहेका छन्
प्रतियोगितामा नेपालको आन्तरिक पर्यटनको विकासका विभिन्न गतिविधि पनि सञ्चालन हुने आयोजक नेक्स्ट मोडल्स नेपालकी प्रवन्ध निर्देशक यत्ना पाण्डेले बताइन्।
उनका अनुसार प्रतियोगितामा ‘मिस्टर वर्ल्ड नेपाल’, ‘मिस्टर ग्लोवल नेपाल’ र ‘म्यान अफ द वर्ल्ड नेपाल’ गरेर तीन विजेता छानिनेछ । विजेताले ‘मिस्टर वर्ल्ड २०२५’ वा ‘मिस्टर ग्लोबल २०२५’ मा नेपालको प्रतिनिधित्वको अलावा ५ लाख बराबरको पुरस्कार जित्नेछन्।
प्रतियोगिताको कोरियोग्राफी तथा मेन्टरसिपमा प्रशान्त ताम्राकार छन्। प्रतियोगिताको फाइनल प्रतिस्पर्धा सोल्टी होटलमा आगामी १२ सेप्टेम्बर अर्थात् भदौ २७ मा आयोजना हुनेछ ।
प्रतियोगी फाइनलका लागि स्वीमिङ, फुटबल, रक क्लाइमिङ, समाजसेवा, सर्ट हाइकिङ, क्याटवाक, व्यक्तित्व विकास, पब्लिक स्पिकिङलगायतका दर्जन बढी विषयको प्रशिक्षणमा सहभागि हुनेछन्।
युवाहरूको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, क्षमता उजागर लगायत नेतृत्वदायी क्षमता विकास गर्ने उद्देश्यले २००१ देखि प्रतियोगिता नियमित आयोजना भइरहेको छ।