
काठमाडौँ- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले हरियो सागपातका मूल्य सार्वजनिक गरेको छ।
रायोसाग प्रतिकिलो रु ९०, पालुङ्गो र तोरीको साग प्रतिकिलो रु ८०, हरियो प्याज प्रतिकिलो रु १००, जिरीको साग प्रतिकिलो रु १०० र निगुरो प्रतिकिलो रु ९० तोकिएको छ।
कुरिलो प्रतिकिलो रु ४००, ब्रोकाउली प्रतिकिलो रु २५०, सौफको साग प्रतिकिलो रु १६०, पुदिना प्रतिकिलो रु ९०, गुन्द्रुक प्रतिकिलो रु ३०० र पार्सले प्रतिकिलो रु १,३०० मा बिक्री हुने समितिले जनाएको छ।
प्रकाशित: ३० साउन २०८२ ९:१२
प्रतिक्रिया