प्रतिनिधिसभा : दुई दलको निरन्तर बहिष्कार

हिमाल प्रेस २९ साउन २०८२ १४:०५ | Thursday, August 14, 2025
प्रतिनिधिसभा : दुई दलको निरन्तर बहिष्कार फाइल तस्बिर : रासस

काठमाडौँ- भिजिट भिसा प्रकरणको संसदीय छानविनको माग गर्दै आएको रास्वपा र राप्रपाका सांसदहरुले बिहीबार पनि प्रतिनिधिसभा बैठक बहिष्कार गरेका छन्।  सदनमा आफ्ना धारणा राखेपछि दुवै दलका सांसदहरुले बैठक बहिष्कार गरेका हुन्। बैठक सुरु हुनेबित्तिकै दुई दलका सांसदहरुले उठेर विरोध जनाएका थिए।

त्यसपछि सभामुख देवराज घिमिरेले रास्वपा सांसद चन्दा कार्कीलाई बोल्न समय उपलब्ध गराएका थिए। सांसद कार्कीले सरकारले जनमानसको भावना बुझ्दै भिजिट भिसा प्रकरणको छानबिनका लागि संसदीय समिति बनाउनुपर्ने माग गरिन्।

उनले राज्य व्यवस्था समितिका सभापतिले नैतिकता देखाए पनि गृहमन्त्रीले भने नैतिकता जगाउन नसकेको टिप्पणी गरिन्। त्यस्तै राप्रपाका सांसद ध्रुवबहादुर प्रधानले भिजिट भिसा प्रकरणको संसदीय छानविन समिति गठन नभएसम्म आन्दोलन जारी रहने बताए।

उनले केही प्रकरणमा नैतिकताका आधारमा राजीनामा दिए पनि उनीहरुमाथि अनुसन्धान हुनुपर्र्नेमा जोड दिए।

भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानविन समिति गठन गर्नुपर्ने माग राख्दै रास्वपा र राप्रपाका सांसदहरुे दुई महिनाभन्दा बढी समयदेखि सदनमा निरन्तर विरोध जनाउँदै आएका छन्।

प्रकाशित: २९ साउन २०८२ १४:०५ | Thursday, August 14, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast