हलमा लागे बलिउड फिल्म ‘कूली’ र ‘वार २’

हिमाल प्रेस २९ साउन २०८२ ११:२० | Thursday, August 14, 2025
हलमा लागे बलिउड फिल्म ‘कूली’ र ‘वार २’

काठमाडौँ- बिहीबारदेखि नेपालमा दुई बलिउड फिल्म ‘कूलीः द पावरहाउस’ र ‘वार २’ प्रदर्शन भएको छ।

एक्सन र ड्रामा जनरामा बनेको फिल्म हो ‘कूलीः द पावरहाउस’। लोकेश कनागराजको निर्देशित फिल्ममा रजनीकान्त, श्रुति हसन, नागार्जुन, उपेन्द्र राव, सौबिन शाहिर आमिर खानलगायत कलाकारको अभिनय छ।

अर्को फिल्म ‘वार २’ का निर्देशक आयन मुखर्जी हुन्। फिल्ममा ऋतिक रोशन, एन.टी. रामा राव, जूनियर, कियारा आडवाणीलगायत कलाकारको अभिनय छ। फिल्म एक्सन, एडभेञ्चर र थ्रिलर जनरामा बनेको छ।

यी दुई फिल्मले अघिल्लो सातादेखि प्रदर्शनरत दुई नेपाली फिल्म ‘मोहर’ र ‘सिटामोल’को शो वितरणमा प्रभाव पारेको देखिन्छ।

प्रकाशित: २९ साउन २०८२ ११:२० | Thursday, August 14, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast