म्याग्दीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते

हिमाल प्रेस २८ साउन २०८२ २०:३१ | Wednesday, August 13, 2025
म्याग्दीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते

म्याग्दी- म्याग्दीको मालिका गाउँपालिका-५, रुन्मामा आज (बुधबार) जिप दुर्घटना हुँदा एक जनाको मृत्यु र तीन घाइते भएका छन्।

दरवाङदेखि रुन्मातर्फ जाँदै गरेको ग २ च ४३९२ नम्बरको बोलेरो जिप अनियन्त्रित भई सडकदेखि करिब ४० मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

दुर्घटनामा परी मालिका गाउँपालिका–५ की ४३ वर्षीया छनदेवी फगामीको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक सागर पौडेलले जानकारी दिए।

जिपका चालक मालिका–५ का ४० वर्षीय चन्द्र पुन, १४ वर्षीया सिर्जना घर्ती र ७३ वर्षीय भविराज फगामी घाइते भएका छन्। घाइतेको दरवाङ आधारभूत अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: २८ साउन २०८२ २०:३१ | Wednesday, August 13, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast