सुनसरीमा घरको सेफ्टी ट्यांकीभित्र दुई पुरुष मृत भेटिए

हिमाल प्रेस २८ साउन २०८२ १३:१६ | Wednesday, August 13, 2025
सुनसरीमा घरको सेफ्टी ट्यांकीभित्र दुई पुरुष मृत भेटिए

इटहरी- सुनसरीको दुहबी ४ स्थित निर्माणाधीन घरको सेफ्टी ट्यांकीभित्र दुई जना पुरुष मृत अवस्थामा फेला परेका छन्। इलाका प्रहरी कार्यालय दुहबीका अनुसार मृत फेला पर्नेमा दुहबी-२ निवासी अन्दाजी ५० वर्षीय श्यामबहादुर तामाङ र ३२ वर्षीय रमेश राई रहेका छन्।

तामाङले पेटी ठेकेदारका रूपमा सो घर निर्माणको जिम्मा लिएका थिए भने राई कामदार रहेको खुलेको छ। स्थानीयले ट्यांकीभित्र शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। दुवै जनाको शव अहिले पनि घटनास्थलमै रहेको र मृत्युको कारण खुल्न बाँकी रहेको प्रहरीको भनाइ छ।

जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय दुहबीबाट प्रहरी टोली खटाइएर अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

प्रकाशित: २८ साउन २०८२ १३:१६ | Wednesday, August 13, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast