६ वर्षपछि पश्चिमाञ्चल क्याम्पसमा ‘भेक्टर ३.0’ को कमिटी गठन

हिमाल प्रेस २८ साउन २०८२ १२:३४
182
SHARES
६ वर्षपछि पश्चिमाञ्चल क्याम्पसमा ‘भेक्टर ३.0’ को कमिटी गठन

काठमाडौँ- विभिन्न कठिनाइ र आन्तरिक द्वन्द्वका बाबजुद पनि स्वतन्त्र विद्यार्थी युनियन पश्चिमाञ्चल क्याम्पसले लामो समयपछि बहुप्रतिक्षित ‘भेक्टर ३.0’ को कमिटी गठन भएको छ।

करिब ६ वर्षपछि हुन लागेको यो National Level Technical Fest को तयारी अब औपचारिक रूपमा सुरु भएको छ। स्ववियुले क्याम्पसका विभिन्न विभाग र क्लबहरूलाई समेट्दै जेनिश स्वार को नेतृत्वमा १३ सदस्यीय ‘Vector 3.0’आयोजना समिति गठन गरेको हो। यो समितिमा प्राविधिक दक्षता, व्यवस्थापकीय अनुभव, र विगतमा विभिन्न विद्यार्थी गतिविधिमा सक्रिय योगदान दिएका सदस्यहरू सामेल छन्।

स्ववियु पश्चिमाञ्चलका प्रतिनिधिहरूका अनुसार, विगतका वर्षहरूमा vector 3.0 जस्तो ठूलो कार्यक्रम हुन नसक्नुको मुख्य कारण स्ववियु नहुनु र क्याम्पस भित्रका विविध चुनौतीहरू रहे पनि यसपटक टिम एकताबद्ध भएर अघि बढ्ने प्रतिबद्धता लिएको छ।

Vector पश्चिमाञ्चल क्याम्पसको पहिचान बनाइसकेको प्रमुख प्राविधिक महोत्सव हो। यसअन्तर्गत राष्ट्रिय स्तरका विश्वविद्यालय, कलेज, र प्रविधि–इन्जिनियरिङ क्षेत्रका विद्यार्थीहरू सहभागी भई विभिन्न प्रतियोगिता, प्राविधिक प्रदर्शनी, कार्यशाला र सेमिनार सञ्चालन हुने गर्छ।

यस वर्षको संस्करणलाई अझ भव्य र प्रभावकारी बनाउन आयोजकले विशेष तयारी गरिरहेको जनाएको छ।

प्रकाशित: २८ साउन २०८२ १२:३४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast