नागरिक उन्मुक्ति पार्टीमा रञ्जिता श्रेष्ठ नै अध्यक्ष, लालवीर अस्वीकृत

हिमाल प्रेस २८ साउन २०८२ १०:४६ | Wednesday, August 13, 2025
नागरिक उन्मुक्ति पार्टीमा रञ्जिता श्रेष्ठ नै अध्यक्ष, लालवीर अस्वीकृत

काठमाडौँ- नागरिक उन्मुक्ति पार्टी (नाउपा)को अध्यक्ष पदमा पुनः रञ्जिता श्रेष्ठ नै कायम भएकी छन्।

साउन १५ गते काठमाडौँमा सम्पन्न नाउपाको राष्ट्रिय भेलाले लालवीर चौधरीलाई अध्यक्ष चयन गर्दै निर्वाचन आयोगमा अद्यावधिक गर्न निवेदन दिएको थियो। तर आयोगले राजनीतिक दलसम्बन्धी ऐन र दलको विधानको आधारमा रञ्जितालाई नै अध्यक्ष मान्यता दिने निर्णय गरेको हो।

निर्वाचन आयोगकी प्रवक्ता निता पोखरेल अर्यालका अनुसार नाउपा दर्ता हुँदा २१ सदस्यीय केन्द्रीय समितिमा लालवीर चौधरीको नाम नहुँदा र विधानको प्रावधान नपुगेका कारण अध्यक्ष परिवर्तनको दर्ता अस्वीकार गरिएको हो।

लालवीर चौधरी नाउपा संरक्षक तथा पूर्वसांसद रेशम चौधरीका बाबु हुन् भने रञ्जिता रेशमकी श्रीमती हुन्। यसअघि श्रीमतीलाई अध्यक्ष पदबाट हटाएर रेशमले आफ्ना बाबुलाई अध्यक्ष बनाउने निर्णय गराए पनि आयोगले मान्यता दिएन।

२०८० सालमा भएको पहिलो महाधिवेशनले रेशम चौधरीलाई अध्यक्ष चयन गरे पनि त्यतिबेला पनि आयोगले मान्यता नदिई रञ्जितालाई नै अध्यक्ष कायम राखेको थियो।

प्रकाशित: २८ साउन २०८२ १०:४६ | Wednesday, August 13, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast