
काठमाडौँ सरकारले भारतमा भएको म्याट्रिक्स फाइट नाइट १७ (एमएफएन)मा बेन्टामवेट च्याम्पियन रवीन्द्र ढाँटलाई पाँच लाख रुपैयाँ दिने भएको छ । उनका प्रशिक्षकलाई दुई लाख रुपैयाँ दिइने प्रधानमन्त्री केपी शर्मा ओलीले जानकारी दिएका छन् ।
‘रवीन्द्र ढाँटलाई अस्ति बसेको मन्त्रिपरिषद्को बैठकले प्रोत्साहनस्वरूप पाँच लाख रुपैयाँ दिने निर्णय गरेको छ। ’यस्तै, उहाँका प्रशिक्षकलाई दुई लाख रुपैयाँ दिने पनि निर्णय भएको छ,’ आज प्रधानमन्त्री ओलीले फेसबुकमार्फ जानकारी दिएका छन् ।
यसअघि, मंगलबार काठमाडौँ महानगरले ढाँटलाई दुईलाख नगदसहित सम्मान गरेको थियो।
प्रकाशित: २८ साउन २०८२ ७:१८
प्रतिक्रिया