रवीन्द्र ढाँटलाई प्रधानमन्त्रीको बधाई

हिमाल प्रेस १२ भदौ २०८३ २०:४१ | Friday, August 28, 2026
रवीन्द्र ढाँटलाई प्रधानमन्त्रीको बधाई

काठमाडौँ- प्रधानमन्त्री वालेन्द्र शाहले रोड टु युएफसी सिजन–५ को सेमिफाइनलमा जित निकालेका नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र ढाँटलाई बधाई तथा शुभकामना दिएका छन्। शुक्रबार साँझ सामाजिक सञ्जालमार्फत उनले ढाँटलाई बधाई दिएका हुन्।

प्रधानमन्त्री शाहले नेपालमा आएको विपद्को अवस्थाबारे अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराएकामा फाइटर ढाँटलाई धन्यवादसमेत दिएका छन्।

‘नेपाली एमएमए खेलाडी रवीन्द्र ढाँटले ‘रोड टु युएफसी सिजन–५’ मा जित हासिल गर्दै फाइनलमा प्रवेश गर्नुभएकोमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु। नेपालमा आएको विपद्को अवस्थाबारे अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराएकोमा नेपाल सरकारको तर्फबाट उहाँलाई हार्दिक धन्यवाद,’ प्रधानमन्त्री शाहले लेखेका छन्।

उनको सफलता सम्पूर्ण नेपाली खेलप्रेमी तथा राष्ट्रका लागि गौरवको विषय रहेको शाहले उल्लेख गरेका छन्।

‘उहाँको सफलता सम्पूर्ण नेपाली खेलप्रेमी तथा राष्ट्रकै लागि गौरवको विषय हो। सरकारको सम्पूर्ण ध्यान अहिले प्रभावित नागरिकमै केन्द्रित छ। मैदानको वास्तविक अवस्था बुझेर आवश्यक निर्णय गर्ने र स्रोतसाधन त्यहीअनुसार परिचालन गर्नेगरी हामी निरन्तर काम गरिरहेका छौँ,’ शाहले भनेका छन्।

प्रकाशित: १२ भदौ २०८३ २०:४१ | Friday, August 28, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast