सामाजिक सञ्जालको आकर्षक पुरस्कारको पछि नलाग्न प्रहरीको अनुरोध

हिमाल प्रेस २८ साउन २०८२ ६:४५
8
SHARES
सामाजिक सञ्जालको आकर्षक पुरस्कारको पछि नलाग्न प्रहरीको अनुरोध प्रहरी

काठमाडौँ- नेपाल प्रहरीले सामाजिक सञ्जालमा आउने जुनसुकै लिंक खोल्न नहुने पनि सचेत गराएको छ। नेपाल प्रहरीका अनुसार पछिल्ला पटक धितोपत्र बजारको कारोबारका बारेमा जानकारी दिने नाममा ठगी गरिएको पाइएको छ।

प्रहरीका अनुसार फेसबुक, इन्टाग्राम, टिकटकलगायतका सामाजिक सञ्जालमा आकर्षक विज्ञापन देखाएर नेप्से एआई नामक एप डाउनलोड गर्न लगाई ठगी गरिएको छ।

एआईमार्फत शेयर बजारको बिश्लेषण गरी बढीभन्दा बढी नाफा कमाउन सक्ने जस्ता भ्रामक सूचना प्रवाह गरी त्यस्ता एप डाउनलोड गर्न प्रेरित गर्ने र उक्त एप इन्स्टल गरे पश्चात रिमोट सेसन खोली खातामा भएको सम्पूर्ण रकम क्षणभरमा अन्यत्र ट्रान्सफर गरेको पाइएको प्रहरीले जनाएको छ।

त्यस्ता एप डाउनलोड भएपछि डिजिटल डिभाइसमा रहेको सम्पूर्ण डाटा मेटाएर प्रमाण नष्ट गरिदिने काम भइरहेको भन्ने सूचना तथा उजुरी प्राप्त भइरहेको प्रहरीले जनाएको छ।

भ्रामक प्रलोभनमा परी नेप्से एआईलगायतका कुनै पनि अपरिचित लिंक तथा एपहरु नखोल्न, डाउनलोड नगर्नसमेत प्रहरीले सर्वसाधारणमा अनुरोध गरेको छ।

प्रकाशित: २८ साउन २०८२ ६:४५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast