रास्वपा सांसद र कार्यकर्तामाथि खनिए एमाले प्रमुख सचेतक, भने- हामीमाथि अशिष्ट, अश्लील र असामाजिक शब्द प्रयोग नगर

हिमाल प्रेस २७ साउन २०८२ १५:५४ | Tuesday, August 12, 2025
रास्वपा सांसद र कार्यकर्तामाथि खनिए एमाले प्रमुख सचेतक, भने- हामीमाथि अशिष्ट, अश्लील र असामाजिक शब्द प्रयोग नगर एमालेका प्रमुख सचेतक महेश बर्तौला।

काठमाडौँ- सत्तारुढ नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को व्यवहारलाई ‘दोहोरो खेल’ भन्दै आलोचना गरेका छन्।

प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै बर्तौलाले रास्वपा सांसदहरू एकातिर सदनको मूल बैठक बहिष्कार गर्ने तर अर्कोतिर संसदीय समितिमा सहभागी हुने प्रवृत्तिले जनतालाई भ्रमित पार्ने प्रयास गरेको आरोप लगाए।

उनका अनुसार, बहिष्कारको नाममा नाटक गर्दै ‘मिनी संसद्’ भनिने समितिहरूमा सक्रिय रहनु विरोधको मर्मविपरीत हो। उनले प्रश्न गरे, ‘संसद्मा बहिष्कार गरेको के अर्थ, जब समितिमा काम गर्दै हुनुहुन्छ? के लागि जनतालाई भ्रम पार्दै हुनुहुन्छ?’

बर्तौलाले रास्वपा सांसद र कार्यकर्तामाथि सामाजिक सञ्जालमार्फत अशिष्ट, अश्लील र असामाजिक शब्द प्रयोग गर्ने आरोप लगाए। उनका अनुसार, प्रधानमन्त्रीदेखि मन्त्री र विपक्षी दलका नेताहरूलाई समेत परिवारका सदस्यहरूको नामसम्म जोडेर गालीगलौज गर्ने ‘संगठित अभियान’ चलाइएको छ।

‘हनुमान भन्ने, दलाल भन्ने, कसैको छोरा छोरीलाई झड्केलो भन्दै गाली गर्ने, बाआमा र हजुरआमासम्मको नाममा अपमानजनक टिप्पणी गर्ने यो अस्वीकार्य छ,’ उनले भने।

प्रकाशित: २७ साउन २०८२ १५:५४ | Tuesday, August 12, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + 17 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast