काठमाडौँ- अभिनेता हरिवंश आचार्य मुख्य भूमिकामा रहेको फिल्म ‘महापुरुष’ चौथो हप्तामा चलिरहेको छ। सामाजिक कथावस्तुमा बनेको फिल्मले अहिले पनि राम्रै दर्शक पाइरहेको छ। प्रदीप भट्टराईको लेखन र निर्देशन रहेको फिल्ममा हरिवंशबाहेक मदनकृष्ण श्रेष्ठ, गौरी मल्ल, अरुण क्षेत्री, अञ्जना बराइलीलगायत कलाकारहरूको अभिनय छ।
कात्तिक ११ मा प्रदर्शनमा आएको फिल्म व्यापारिक रूपमा सफल भएको छ। फिल्म २५ औँ दिनमा प्रदर्शन भइरहँदाको खुसी हरिवंश आचार्यले सामाजिक सञ्जालमा आफ्ना प्रशंसकसँग साझा गरेका छन्। साथै, उनले दर्शकलाई नजिकका सिनेमा हलमा गई फिल्म हेर्न पनि आग्रह गरेका छन्। ‘आफूलाई मन परेको उम्मेदवार रोज्नु भयो होला,’ फेसबुकमा उनले पोस्ट गरेका छन्, ‘अब सबैलाई मन परेको फिल्म महापुरुष हेर्ने होइन त?’
प्रकाशित: ५ मंसिर २०७९ ११:४५ | Monday, November 21, 2022
प्रतिक्रिया





