
बुटवल- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले आफूलाई थुनामुक्त गर्न माग गरेको निवेदनमाथिको बहस सकिएर आदेश लेखन भइरहेकाे छ।
न्यायाधीश नारायणप्रसाद सापकोटाको १० नम्बर इजलासमा परेको पेसीमाथि बहस सकिएर आदेश लेखनको काम भइरहेको जिल्ला अदालत रूपन्देहीका सुचना अधिकारी पदम अर्यालले जानकारी दिए। ‘बहस सकिएर आदेश लेखन भइरहेकाे छ,’ उनले भने।
बुटवलको सुप्रीम सहकारी ठगी अभियोगमा लामिछाने गत चैत २५ देखि रुपन्देही कारागारमा छन्।
प्रकाशित: २६ साउन २०८२ १७:५८
प्रतिक्रिया