महोत्तरीको रातो खोलामा आएको बाढीले बगाउँदा युवकको मृत्यु

हिमाल प्रेस २६ साउन २०८२ १५:३३
14
SHARES
महोत्तरीको रातो खोलामा आएको बाढीले बगाउँदा युवकको मृत्यु

जलेश्वर- महोत्तरीको बलवा नगरपालिका-२ मा रातो खोलामा आएको बाढीले बगाउँदा एक युवकको मृत्यु भएको छ।

मृत्यु हुनेमा महोत्तरी गाउँपालिका-३ डाम्ही बस्ने वृजमोहन ठाकुरका छोरा अन्दाजी ३०-३५ वर्षीय चन्दनकुमार ठाकुर रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी निरीक्षक नन्दकिशोरप्रसाद चौहानले बताए।

बलवा नगरपालिका-३ पडौल बजारबाट डिजल लिएर फर्कने क्रममा खोलामा आएको बाढीले बगाउँदा उहाँको मृत्यु भएको प्रहरी निरीक्षक चौहानले बताए।

प्रकाशित: २६ साउन २०८२ १५:३३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast