काठमाडौँ- फिल्म निर्देशक दिनेश लिङ्देन (दलप्रसाद) अमेरिकामा सम्मानित भएका छन्।
३१ औं विश्व आदिवासी दिवसको अवसरमा नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाले निर्देशक लिङ्देनलाई सम्मान गरेको हो।
निर्देशक लिङ्देनले ‘काबेली’, ‘रीत’, ‘शान्ति’, ‘अदालत’, ‘दुस्प्रयास’, ‘पायल’, ‘खोजतलास’लगायत फिल्म निर्देशन गरिसकेका छन्।
महासंघको सम्मान ग्रहण गर्न उनी केही समयअघि अमेरिका गएका थिए। ‘यो सम्मानले अझ जिम्मेवार भएर काम गर्ने हौसला मिलेको छ’, लिङ्देनले भने।
प्रकाशित: २६ साउन २०८२ १३:१३ | Monday, August 11, 2025
प्रतिक्रिया



