सुनसरी सवारी दुर्घटना अपडेट : तीनजनाको मृत्यु, ४ गम्भीर, १३ यात्रु घाइते

हिमाल प्रेस २६ साउन २०८२ १०:११
16
SHARES
सुनसरी सवारी दुर्घटना अपडेट : तीनजनाको मृत्यु, ४ गम्भीर, १३ यात्रु घाइते

इटहरी- पूर्वपश्चिम राजमार्ग अन्तर्गत सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका-६ स्थित फूल चौकमा सोमबार बिहान भएको सवारी दुर्घटनामा ३ जनाको मृत्यु भएको छ ।

सुनसरी प्रहरीका अनुसार अद्यावधिक विवरणअनुसार तीन जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा ग्लोबल कार्डियो एण्ड न्यूरो अस्पताल, भोक्राहामा दुई जना र जिल्ला अस्पताल इनरुवामा एक महिलाको मृत्यु भएको हो ।

मृत्यु भएकाको पहिचान खुलेको छैन । आज (सोमबार) बिहान करिब ८ बजेतिर विराटनगर-राजविराज रुटमा चल्ने प्रदेश २-०१-००१ ज ००४७ नम्बरको माइक्रोबस र काँकडभिट्टा-दिक्तेल रुटमा चल्ने मे १ ख १७९९ नम्बरको बस एक-आपसमा ठोक्किँदा दुर्घटना भएको थियो। ठक्करपछि माइक्रोबसमा सवार अधिकांश यात्रु घाइते भएका थिए।

प्रहरीका अनुसार घटनामा चार जना गम्भीर घाइते भएका छन् भने १३ जना घाइते भएका छन् । हालसम्म प्राप्त तथ्यांक अनुसार जम्मा २० जनामध्ये ३ जनाको मृत्यु, ४ जना गम्भीर, १२ जना मध्यम र १ जना सामान्य अवस्थामा रहेका छन्।

उद्धारपछि घाइतेहरूलाई जिल्ला अस्पताल इनरुवा, सप्तकोशी न्यूरो अस्पताल, गोल्डेन अस्पताल विराटनगर र अन्य स्वास्थ्य संस्थामा पठाइएको छ। घटनाको थप विवरण संकलन कार्य भइरहेको सुनसरी प्रहरीले जनाएको छ।

प्रकाशित: २६ साउन २०८२ १०:११

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast