सुनसरीमा बस–माइक्रो ठक्कर, १३ जना घाइते

हिमाल प्रेस २६ साउन २०८२ ९:४७ | Monday, August 11, 2025
सुनसरीमा बस–माइक्रो ठक्कर, १३ जना घाइते

इटहरी- सुनसरीस्थित पूर्वपश्चिम राजमार्गको भोक्राहा नरसिंह गाउँपालिकाको फूल चौकमा आज सोमबार बिहान भएको सवारी दुर्घटनामा १३ जना यात्रु घाइते भएका छन्।

बिहान करिब ८ बजे विराटनगर–राजविराज रुटमा चल्ने प्रदेश २–०१–००१ ज ००४७ नम्बरको माइक्रोबस र काँकडभिट्टा–दिक्तेल रुटमा चल्ने मे १ ख १७९९ नम्बरको बस एक–आपसमा ठोक्किँदा दुर्घटना भएको हो।

ठक्करपछि माइक्रोबसमा सवार अधिकांश यात्रु घाइते भएका छन्। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

उद्धार गरिएका यात्रुलाई जिल्ला अस्पताल इनरुवा र सप्तकोसी न्युरो अस्पताल पठाइएको छ। घटनाको थप विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: २६ साउन २०८२ ९:४७ | Monday, August 11, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast