बैतडी- जीर्ण अवस्थामा रहेका वडा कार्यालय भवन नयाँ बनाउन दोगडाकेदार गाउँपालिकाले उच्च प्राथमिकता दिएको छ। हालसम्म गाउँपालिकाका छवटा वडा कार्यालय दुई करोड ४८ लाख रुपैयाँमा नयाँ निर्माण गरिएका हुन्।
दोगडाकेदार गाउँपालिकाका अध्यक्ष चक्र कार्कीले भने, ‘वडा कार्यालयहरू जीर्ण भएपछि नयाँ निर्माण गरेका हौँ। सबै वडा पनि यस वर्ष निर्माण गर्ने योजना बनाएका छौँ।’
यस्तै, गाउँपालिका भवन एक करोड ३० लाख रुपैयाँमा नयाँ निर्माण गरिएको हो। वडा कार्यालयहरू नयाँ बनेपछि इन्टरनेटको सुविधा पनि विस्तार गरिएको छ। इन्टरनेट सुविधा हुँदा पञ्जीकरण, सामाजिक सुरक्षा दर्ता तथा नवीकरणका काम सहजै वडा कार्यालयबाट भइरहेका छन्। रासस
प्रकाशित: २५ साउन २०८२ ८:५० | Sunday, August 10, 2025
प्रतिक्रिया



