
काठमाडौँ- जनै पूर्णिमाको अवसरमा भक्तपुरमा रहेको प्राचीन कालदहमा श्रद्धालु भक्तजनहरुको घुइँचो लागेको छ।
ताल, कुण्ड तथा पोखरीहरुमा स्नान गर्ने जनै पूर्णिमाका अवसरमा रसुवाको गोसाईंकुण्ड जान नसकेका भक्तपुरवासी कालदहमा स्नानका साथै पूजाआजा गर्न जाने प्रचलन रहेको छ। यसदिन कालदहमा पूजाआजा गरे गोसाईंकुण्डमा पुगेजतिकै पुण्य प्राप्त हुने जनविश्वास रहेको पाइन्छ। कालदहमा पूजाआजापछि भक्तजनहरु जनै फेर्ने र रक्षा बन्धनको प्रतीक हातमा डोरो बाँध्ने गर्दछन्।
यस्तै गोसाइँकुण्डको प्रतीक मानिने भक्तपुरको नगरकोटको महादेव पोखरीमा पनि स्थानीय तामाङ झाँक्री, लामा गुरु, स्थानीय समुदायलगायत काठमाडौँ उपत्यकावासी र काभ्रेको विभिन्न स्थानबाट मेला भर्न पुगेका छन्।
प्रकाशित: २४ साउन २०८२ १५:०२
प्रतिक्रिया