विद्यालयको भौतिक अवस्थाको विवरण प्रमाणित गरी पठाउन केन्द्रको आग्रह

हिमाल प्रेस २३ साउन २०८२ १२:१५ | Friday, August 8, 2025
विद्यालयको भौतिक अवस्थाको विवरण प्रमाणित गरी पठाउन केन्द्रको आग्रह

काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको शिक्षा तथा मानक स्रोत विकास केन्द्रले देशभरका सबै स्थानीय तहलाई विद्यालयको भौतिक अवस्थाको सर्वेक्षण फाराम प्रमाणित गरी पठाउन आग्रह गरेको छ।

केन्द्रले यही साउन १५ गते जारी गरेको पत्रअनुसार विद्यालयहरूले एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणालीमा अद्यावधिक गरेका भौतिक पूर्वाधारसम्बन्धी विवरण स्थानीय तहका शिक्षा प्रमुखमार्फत साउन ३१ भित्र रुजु र प्रमाणित गरी केन्द्रको इमेल cehrd.ss@gmail.com मा पठाउनुपर्नेछ।

केन्द्रका अनुसार तोकिएको म्यादभित्र विवरण नपठाउने विद्यालयको भौतिक पूर्वाधारको अवस्था ‘ठिकै रहेको’ मानिनेछ र सो विवरण विद्यालय पूर्वाधार निर्माण गुरुयोजनामा समावेश गरिनेछ।

सामुदायिक विद्यालयको विवरण प्रमाणित गर्दा IEMIS को Physical Facilities र Facilities Requirement मेनुका सबै विवरण पूरा भरिएको यकिन गर्न साथै Facilities Availability Report लाई Export गरी प्रमाणित पठाउन निर्देशन दिइएको छ।

प्रकाशित: २३ साउन २०८२ १२:१५ | Friday, August 8, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast