हलमा लागे ‘सिटामोल’ र ‘मोहर’

हिमाल प्रेस २३ साउन २०८२ ११:२०
6
SHARES
हलमा लागे ‘सिटामोल’ र ‘मोहर’

काठमाडौँ- आज बिहानदेखि हलमा दुई फरक कथामा बनेको नेपाली फिल्म प्रदर्शन भएको छ। ‘सिटामोल’ र ‘मोहर’।

राज बहादुर सानेको निर्देशनमा बनेको फिल्म हो ‘सिटामोल’। फिल्मले कर्णालीको कथा प्रस्तुत गरेको छ। फिल्ममा सौगात मल्ल, बेनिशा हमाल, श्री कृष्ण निरौला, जानुका विश्वकर्मा, लोकेन्द्र लेखक, भुगोल कार्की, हिउँवाला गौतम, सुशील पोखरेल, दिनेश रेग्मी, आरआर खड्का, ज्ञानु मल्ल, पवन भट्टराई, काजल भुजेल र बालकलाकार करण नेपाली, आराध्या राज्यलक्ष्मी डिसीको अभिनय छ। श्री कृष्ण र जानुकाले यही सिनेमाबाट नेपाली रजतपटमा डेब्यु गरेका हुन्।

तुल्सी देवी फिल्म र जुनतारा फिल्मस्को सहकार्यमा निर्माण भएको सिनेमाको कथा प्रदीप भारद्धाज र निर्देशक सानेले लेखेका छन्। सिमोस सुनुवारको प्रस्तुति रहेको फिल्ममा भुगोल कुमार कार्की र विकाश राज जोशी निर्मातामा छन्।

अर्को फिल्म ‘मोहर’ ले देउकी प्रथाको कथा प्रस्तुत गरेको छ। फिल्मका लेखक तथा निर्देशक ओम प्रतीक हुन्। फिल्ममा पल शाह, नीति शाह, बेनिशा हमाल, अर्जुनजंग शाही, लक्ष्मी गिरी, सारा शर्मालगायत कलाकारको अभिनय छ। ‘ फिल्म मेकर्सको ब्यानरमा बनेको फिल्मका निर्माता चुम्बनजंग शाही हुन्।

प्रकाशित: २३ साउन २०८२ ११:२०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast