रास्वपा केन्द्रीय समिति बैठकमा १३ बुँदामाथि छलफल हुँदै

हिमाल प्रेस २३ साउन २०८२ ८:५५
16
SHARES
रास्वपा केन्द्रीय समिति बैठकमा १३ बुँदामाथि छलफल हुँदै

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आज बस्ने भएको छ।

सो बैठकमा केन्द्रीय विभागको प्रगति प्रतिवेदन, कुलिङ अफ पिरियडमा भएको गडबडी छानबिन प्रतिवेदन र समसामयिक राजनीतिक एवं पार्टीका गतिविधिसम्बन्धमा छलफल हुने रास्वपाले जनाएको छ।

पार्टीका प्रवक्ता मनीष झाकाअनुसार बैठकमा विभिन्न १३ बुँदाको एजेन्डामाथि छलफल हुनेछ। बैठकमा पूर्व केन्द्रीय सदस्यहरूलाई पुनः जिम्मेजारी दिने, विदेशमा रहेका नेपाली नागरिकलाई मताधिकारको व्यवस्था गर्न सरकार र सम्बन्धित निकायको ध्यानार्कषण गराउनेदेखि केन्द्रीय विभाग र प्रदेश विभागको नयाँ नियुक्ति सम्बन्धमा छलफल हुँदैछ।

प्रकाशित: २३ साउन २०८२ ८:५५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + 20 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast