काठमाडौँ- नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा.बाबुराम भट्टराई आज लुम्बिनी प्रदेशको दुई दिने पार्टी प्रशिक्षण कार्यक्रममा सहभागी हुन भैरहवा जाँदैछन्।
भैरहवास्थित कार्यक्रममा सहभागी हुनु अघि डा.भट्टराईले भैरहवा कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग भेट गर्ने कार्यक्रम रहेको भट्टराई सचिवालयले जनाएको छ।
रास्वपा सभापति लामिछाने अहिले कारागारमा पुर्पक्षका लागि थुनामा छन्। यसअघि डा. भट्टराईले लामिछानेको गिरफ्तारीप्रति चिन्ता व्यक्त गर्दै निष्पक्ष र शीघ्र न्यायिक प्रक्रियाको माग गरेका थिए।
भैरहवामा हुने प्रशिक्षण कार्यक्रम पार्टीको सांगठनिक सुदृढीकरण, आगामी रणनीति निर्माण तथा प्रदेशस्तरीय संरचनाको पुनःगठनमा केन्द्रित हुने बताइएको छ।
प्रकाशित: २२ साउन २०८२ १०:५६ | Thursday, August 7, 2025
प्रतिक्रिया



