
काठमाडौँ- जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले रूपन्देही ३ को उपनिर्वाचनमा आफ्नो छुट्टै उम्मेदवार हुने बताएका छन्।
रूपन्देही ३ मा संघीय लोकतान्त्रिक मोर्चाका तर्फबाट नागरिक उन्मुक्ति पार्टीले साझा उम्मेदवार खडा गर्ने तयारी गरिरहँदा जनमतले अलग्गै उम्मेदवार तय गर्ने राउतले बताएका हुन्।
जनमत पार्टी संघीय लोकतान्त्रिक मोर्चासँग संविधान संशोधन र अधिकार तथा पहिचानको आन्दोलनमा खडा नै रहेको उनले प्रष्टीकरण दिएका छन्।
प्रकाशित: २२ साउन २०८२ १०:००
प्रतिक्रिया