कुलोले बगाउँदा दुई वर्षीया बालिकाको मृत्यु

हिमाल प्रेस २० साउन २०८२ ६:५५
8
SHARES
कुलोले बगाउँदा दुई वर्षीया बालिकाको मृत्यु प्रतिनिधिमूलक तस्बिर

काठमाडौँ- दाङको तुलसीपुर उपमहानगरपालिका-१४ गोठुवामा कुलोले बगाउँदा दुई वर्षीया बालिकाको मृत्यु भएको छ। कुलोमा बगेर गम्भीर अवस्थामा पुगेकी स्थानीय सुदेश बस्नेतकी छोरी सुष्मा बस्नेतको उपचारको क्रममा मृत्यु भएको हो।

सोमबार साँझ घर अगाडि खेल्ने क्रममा बालिका नजिकै रहेको कुलोमा खसेकी थिइन्।

बालिकालाई तत्कालै स्थानीयले उद्धार गरी राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा प्रारम्भिक उपचार गराएपछि थप उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल, कोहलपुर पठाइएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक सूर्य रानाले जानकारी दिए।

उनको उपचारको उपचारका क्रममा मृत्यु भएको प्रहरी निरीक्षक रानाले बताए। बालिकाको शव नेपालगञ्ज मेडिकल कलेजको शवगृहमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। रासस

प्रकाशित: २० साउन २०८२ ६:५५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast