उदयपुरमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु, एक घाइते

हिमाल प्रेस १९ साउन २०८२ २०:३०
8
SHARES
उदयपुरमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु, एक घाइते

कटारी (उदयपुर)- यहाँको उदयपुरगढी गाउँपालिका-७, जोगिटोलस्थित मदन भण्डारी लोकमार्गमा ट्रकको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्। आज ‍(सोमबार) अपराह्न ४ः२० बजे काठमाडौँबाट सुनसरीतर्फ जाँदै गरेको प्रदेश ३–०१–००६ ख ०५६१ नम्बरको ट्रकले पैदल हिँडिरहेका रौतामाई गाउँपालिका-७ निवासी ७२ वर्षीय टंकबहादुर लामिछाने मगरलाई ठक्कर दिएको थियो।

जिल्ला प्रहरी कार्यालयका अनुसार ठक्करबाट मगरको घटनास्थलमै मृत्यु भएको हो। अनियन्त्रित भई दुर्घटना हुँदा ट्रकका सहचालक दोलखा जिल्लाको कालिन्चोक गाउँपालिका-४ निवासी ४० वर्षीय गोमे दर्जीको दाहिने खुट्टामा गम्भीर चोट लागेको छ। उनलाई तत्काल उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल उदयपुर पठाइएको छ।

ट्रक चालक काभ्रेपलाञ्चोक जिल्ला बनेपा नगरपालिका–१४ निवासी ५४ वर्षीय नवराज राउत प्रहरीको नियन्त्रणमा छन्। मृतकको शव परीक्षणका लागि जिल्ला अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ। रासस

प्रकाशित: १९ साउन २०८२ २०:३०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast