बागमतीमा सरकार गठनका लागि दाबी पेस गर्न आह्वान

हिमाल प्रेस १९ साउन २०८२ १५:१८
8
SHARES
बागमतीमा सरकार गठनका लागि दाबी पेस गर्न आह्वान

काठमाडौँ- बागमती प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया सुरू भएको छ। प्रदेश प्रमुख कार्यालयले नयाँ मुख्यमन्त्री नियुक्तिका लागि आह्वान गरेको हो। मुख्यमन्त्री बहादुरसिंह लामाको राजीनामापछि प्रदेश प्रमुख कार्यालयले नयाँ सरकार गठनका लागि आह्वान गरेको हो।

प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले संविधानको धारा १६८ को उपधारा २ बमोजिम बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्रीका लागि दाबी पेस गर्न आह्वान गरेका छन्।

प्रदेश प्रमुख कार्यालयका प्रवक्ता देवेन्द्र सापकोटाले जारी गरेको विज्ञप्तिअनुसार मुख्यमन्त्रीका लागि दाबी पेस गर्न मंगलबार दिउँसो २ बजे समय दिइएको छ।

‘प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यले मुख्यमन्त्री पदका लागि लिखित दाबीसहित समर्थन हस्ताक्ष बुझाउनु पर्नेछ,’ विज्ञप्तिमा भनिएको छ।

यसअघि मुख्यमन्त्री बहादुरसिंह लामाले आइतबार स्वकीय सचिवमार्फत राजीनामा बुझाएका थिए।

बागमतीमा कांग्रेस र नेकपा एमालेबीच गठबन्धन छ। गठबन्धनका तर्फबाट कांग्रेसका नवनिर्वाचित संसदीय दलका नेता इन्द्र बानियाँले मुख्यमन्त्रीका लागि दाबी पेस गर्ने बताइएको छ।

प्रकाशित: १९ साउन २०८२ १५:१८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast