
काठमाडौँ- कार्यवाहक प्रधानमन्त्रीको जिम्मा उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहलाई जिम्मेवारी पाएका छन्।
राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको अनुपस्थितिमा सिंहलाई जिम्मेवारी तोकेका हुन्।
प्रधानमन्त्री केपी शर्मा ओली भूपरिवेष्ठित विकासशील राष्ट्रहरू (एलएलडीसी)को तुर्कमेनिस्तानमा हुने तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनमा भाग लिन आइतबार मध्यरात त्यसतर्फ प्रस्थान गरेका छन्।
प्रकाशित: १९ साउन २०८२ ७:०७
प्रतिक्रिया