प्रतिनिधिसभा बैठक बस्दै, राष्ट्रपतिले फिर्ता गरेको संवैधानिक परिषद्सम्बन्धी विधेयक फेरि कार्यसूचीमा

हिमाल प्रेस १९ साउन २०८२ ६:४४
24
SHARES
प्रतिनिधिसभा बैठक बस्दै, राष्ट्रपतिले फिर्ता गरेको संवैधानिक परिषद्सम्बन्धी विधेयक फेरि कार्यसूचीमा

काठमाडौँ- प्रतिनिधिसभाको बैठक आज बस्दैछ। आज दिउँसो अपराह्न १ः०० बजे नयाँ बानेश्वरमा बैठक बस्दैछ।

आजको बैठकमा संघीय संसद्का महासचिव ‘संवैधानिक परिषद् (काम कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९’ को सम्बन्धमा राष्ट्रपतिबाट प्राप्त सन्देशको जानकारी गराइनेछ।

लेखा समितिका सभापति ऋषिकेश पोखरेलले ‘सार्वजनिक लेखा समितिको ३२औँ वार्षिक प्रतिवेदन, २०८२’ मा उल्लिखित सुझावहरू आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ को दफा ४१ को उपदफा २ बमोजिम स्वीकृत गर्न प्रस्ताव प्रस्तुत गर्नेछन्।

युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले ‘राष्ट्रिय खेलकुद विकास (पहिलो संशोधन) विधेयक, २०८२’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले ‘विश्व व्यापार संगठनको मत्स्य उद्योगमा सहुलियतसम्बन्धी सम्झौतालाई अनुमोदन गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।

‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयक’ यसअघि राष्ट्रपति रामचन्द्र पौडेलले फिर्ता पठाएका थिए ।

प्रकाशित: १९ साउन २०८२ ६:४४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast