
धरान (सुनसरी)- इटहरी उपमहानगरपालिका-१८, डकाहास्थित पोखरीमा डुबेर स्थानीय ४८ वर्षीय सञ्जिव चौधरीको मृत्यु भएको छ।
आज (शुक्रबार) साँझ करिब ६ बजे आफ्नै माछा पोखरीमा माछा मार्ने क्रममा चौधरी डुबेर बेपत्ता भएका थिए। घटनापछि सशस्त्र प्रहरी बल नं १ बराह बाहिनी मुख्यालय सुनसरीबाट खटिएको गोताखोर तथा विपद् व्यवस्थापन टोलीले खोजी गरेको थियो।
सो टोलीले साँझ करिब ७ः३० बजे मृत अवस्थामा फेला पारेको सशस्त्र प्रहरी बल नेपाल नं ४ गण मुख्यालय सुनसरीका प्रमुख निर्मलकुमार थापाले जानकारी दिए।
प्रकाशित: १६ साउन २०८२ २०:३२
प्रतिक्रिया