विभोर पोखरेल निर्देशित ‘रियाल रिङ्गेट’ आजदेखि हलमा

हिमाल प्रेस १६ साउन २०८२ १०:२६
8
SHARES
विभोर पोखरेल निर्देशित ‘रियाल रिङ्गेट’ आजदेखि हलमा

काठमाडौँ- नेपाली समाजको समसामयिक र संवेदनशील विषयवस्तुमा बनेको फिल्म ‘रियाल रिङ्गेट’ आजदेखि हलमा प्रदर्शन भएको छ। देशभरका हलमा फिल्मले करिब १०० सो पाएको वितरकले बताएका छन्।

फिल्मले रोजगारीको सिलसिलामा खाडी मुलुकमा जाने युवाको संघर्ष देखाएको छ। फिल्मको शीर्षक नै कतार, साउदी अरेबिया र मलेसियाको मुद्रा समेटेर नामाकरण गरिएको छ।

विभोर पोखरेलले निर्देशन गरेको फिल्मको लेखक प्रदीप भारद्वाजले लेखेका हुन्। फिल्ममा प्रमोद चौलागाईं, नीता ढुंगाना, छुल्ठिम डोल्मा गुरुङ, रवीन्द्र खड्का, ध्रुव कोइराला, प्रेम सुब्बा, रामचन्द्र अधिकारी, रियर राई, रोशन श्रेष्ठ, ईश्वरी बराल, विमला गिरी, सीमा केसी, सन्दीप तामाङ, सुवास थापा मगर, विशाल थापा लगायत कलाकारको अभिनय छ।

रेबेल फिल्मसको ब्यानरमा गगनलाल प्रधानले निर्माण गरेका हुन्। फिल्म भारत, चितवन, काठमाडौँ र मोरङको लेटाङमा छायांकन गरिएको छ।

फिल्ममा रामचन्द्र काफ्ले, किरण तुलाधर र चन्दन ध्वज केसीको संगीत, सुगम पोखरेल, केतन क्षेत्री, रामचन्द्र काफ्ले र जुनु रिजाल काफ्लेको स्वर छ। भने गीत अमर न्यौपाने, रवि मल्ल, कोसिस क्षेत्री, प्रदीप भारद्वाज र चन्दन ध्वज केसीले लेखेका छन्।

प्रकाशित: १६ साउन २०८२ १०:२६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast