निजगढ विमानस्थलको मोडालिटी चाँडै टुंग्याइन्छ : नागरिक उड्डयनमन्त्री पाण्डे

हिमाल प्रेस १५ साउन २०८२ १७:३० | Thursday, July 31, 2025
निजगढ विमानस्थलको मोडालिटी चाँडै टुंग्याइन्छ : नागरिक उड्डयनमन्त्री पाण्डे संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे।

काठमाडौँ- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले राष्ट्रिय गौरवको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण र सञ्चालनको ‘मोडालिटी’ टुंग्याइने बताएका छन्। राष्ट्रियसभा, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको आजको बैठकमा उनले उक्त विमानस्थल निर्माणलाई प्राथमिकता दिनुपर्ने आवश्यकता औँल्याए।

‘निजगढ राष्ट्रिय गौरवको आयोजना त हो तर अहिले पनि अन्योल नै छ, यसपटकको बजेट भाषणमा यसको निर्माण र सञ्चालनको मोडोलिटी टुंग्याइने भनेका छौँ, यो काम हामी तदारुकताका साथ अघि बढाउँछौँ’, उनले भने।

पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल हवाई रुटभन्दा पनि यात्रु अभावका कारण पूर्ण क्षमतामा सञ्चालनमा आउन नसकेको स्वीकार गर्दै मन्त्री पाण्डेले ती विमानस्थलमा यात्रु संख्या वृद्धिका लागि विभिन्न योजना अघि बढाइएको बताए।

‘कतिपय हवाई सेवा प्रदायक कम्पनीले यात्रुको संख्या नहुँदा करोडौँ घाटा भइरहेको जनाएका छन्’, उनले भने, ‘यात्रु संख्या बढाउन श्रम स्वीकृति, मेनपावर कम्पनी, स्वास्थ्य परीक्षणलगायत सुविधा सो क्षेत्रमा पुर्‍याउनुपर्छ।’

नेपाल एयरलाइन्सको ६ वटा विमान सञ्चालनमा रहेको जानकारी दिँदै मन्त्री पाण्डेले आगामी दिनमा सञ्चालनमा व्यवधान नहुनेगरी काम गर्न निर्देशन दिइएको बताए। प्रदेश सरकारसँगको सहकार्यमा पहाडी जिल्लामा साना जहाज चलाउने तयारी भइरहेको उनको भनाइ छ।

प्रकाशित: १५ साउन २०८२ १७:३० | Thursday, July 31, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast