‘मिस टिन अर्थ २०२५’ मा नेपालको प्रतिनिधित्व गर्दै प्रिन्सेस मल्ल

हिमाल प्रेस १५ साउन २०८२ १५:४३ | Thursday, July 31, 2025
‘मिस टिन अर्थ २०२५’ मा नेपालको प्रतिनिधित्व गर्दै प्रिन्सेस मल्ल

काठमाडौँ- १९ वर्षीया प्रिन्सेस मल्लले ‘मिस टिन अर्थ २०२५’ मा नेपालको प्रतिनिधित्व गर्ने भएकी छन्। ‘एस अफ मोडेल्स अन फायर’ नामक नेपालको अग्रणी मोडलिङ प्रतियोगिताको विजेता बनेपछि उनले याे अवसर पाएकी हुन्।

प्रतियोगिता भारतको जयपुरमा आगामी अगस्ट ३ देखि ९ सम्म हुँदैछ।

प्रिन्सेस साउन १५ मा जयपुर प्रस्थान गर्नेछिन्। उनले क्याप्चर फोटोग्राफी नेपालको तर्फबाट नेपालको प्रतिनिधित्व गर्नेछिन्। यो संस्था पविन्द्र श्रेष्ठद्वारा स्थापित र निर्देशित छ, जसले नेपालमा धेरै सौन्दर्य प्रतियोगिता र मोडलिङ कार्यक्रम आयोजना गर्दै आएको छ।

प्रतियोगिताका लागि प्रिन्सेसको तयारीमा पविन्द्रले मार्गदर्शन गरेका छन्। प्रिन्सेसकाे प्रतिनिधित्वले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको नाम चम्काउनेमा उनको विश्वास छ।

प्रकाशित: १५ साउन २०८२ १५:४३ | Thursday, July 31, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast