अस्कर कलेजको साधना घरमा नाटक ‘दोरूम्बा’ मञ्चन हुने

हिमाल प्रेस १४ साउन २०८२ १०:२४ | Wednesday, July 30, 2025
अस्कर कलेजको साधना घरमा नाटक ‘दोरूम्बा’ मञ्चन हुने

काठमाडौँ- दुई दशकदेखि फिल्म अध्यापन गराउँदै आएको अस्कर कलेजको ‘साधना घर’ मा यहि साउन १५ गतेदेखि नाटक ‘दोरूम्बा’ मञ्चन हुँदैछ।

नाटकले माओवादी द्वन्द्वकालमा राज्यपक्ष र विद्रोही पक्षबीचमा पिसोलिएका जनताको कथा प्रस्तुत गर्ने टिमले बताएको छ।

सुमनकुमार वाग्लेको लेखन रहेको नाटक युदीप सिटौलाले निर्देशन गरेका छन्। उनी कलेजकै १६औँ ब्याचका विद्यार्थी हुन्। नाटकमा कलेजका विभिन्न ब्याच विद्यार्थीले अभिनय गरेका छन्।

साउन २४ सम्म नाटक हरेक दिन साँझ ५ः१५ बजे र शनिबार दिउँसो १ः१५ बजेको अतिरिक्त सो मञ्चन हुनेछ।

प्रकाशित: १४ साउन २०८२ १०:२४ | Wednesday, July 30, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + 18 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast