राष्ट्रियसभाको बैठक बस्दै, चलचित्र विधेयक पेस हुने

हिमाल प्रेस १४ साउन २०८२ ६:३२ | Wednesday, July 30, 2025
राष्ट्रियसभाको बैठक बस्दै, चलचित्र विधेयक पेस हुने

काठमाडौँ- संघीय संसद् राष्ट्रियसभाको बैठक आज (बुधबार) दिउँसो १ः१५ बजे संघीय संसद् भवन, नयाँ बानेश्वरमा बस्ने भएको छ। बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले ‘चलचित्र विधेयक, २०८१’ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाउने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति कमला पन्तले ‘नेपालको अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नतिसम्बन्धी अध्ययन प्रतिवेदन, २०८१’ माथि छलफल गरियोस् भन्ने प्रस्ताव राख्ने कार्यक्रम छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यहरूको कार्यभार तोकिएकोसम्बन्धी पत्रहरू पनि बैठकमा जानकारी गराइने कार्यसूचीमा समावेश गरिएको छ।

यसैगरी, बुधबार बिहान १०ः३० बजे विधायन व्यवस्थापन समितिको बैठक बस्नेछ। बैठकमा ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला ९स्थापना तथा सञ्चालन० विधेयक, २०८१’ माथि दफावार छलफल गरिने कार्यसूची रहेको छ।

प्रकाशित: १४ साउन २०८२ ६:३२ | Wednesday, July 30, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + 16 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast