गैरआवासीय नेपाली संघ रुसको अध्यक्षमा कट्टेल

हिमाल प्रेस १३ साउन २०८२ १९:३० | Tuesday, July 29, 2025
गैरआवासीय नेपाली संघ रुसको अध्यक्षमा कट्टेल

काठमाडौँ- गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् रुसको नयाँ कार्यसमिति अध्यक्षमा सीताराम कट्टेल निर्वाचित भएका छन्। मस्कोमा सम्पन्न १२औँ साधारणसभाबाट उनी निर्वाचित भएका हुन्।

खोटाङमा जन्मिएका ३३ वर्षीय कट्टेल प्रारम्भिक तथा माध्यमिक शिक्षा नेपालमै पूरा गरेपछि सन् २०१२ मा उच्च शिक्षा अध्ययनका लागि छात्रवृत्तिमा रूसको राजधानी मस्को गएका थियो।

विद्यार्थीकालमा उनले नेपाली विद्यार्थी संघको अध्यक्ष भएर काम गरिसकेका छन्। उनी दुई कार्यकाल रुसमा एनआरएनए युवा संयोजक (२०१९–२०२३) भएका थिए भने निवर्तमान कार्यसमितिमा महासचिव (२०२३–२०२५) थिए।

नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा अमित कुमार कर्ण र डा. प्रनिल प्रधान, महासचिवमा प्रवीण खतिवडा चयन भएका छन्। यस्तै युवा संयोजकमा गिभ्सन ढकाल, सचिवमा खगेन्द्र धामी र दयानिधि गुरागाईं, कोषाध्यक्षमा रामबाबु पाण्डे र सह–कोषाध्यक्षमा यमबहादुर थापा निर्वाचित भएका छन्।

महिला संयोजकमा हेमाकुमारी ‘कला’ पोखरेल निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ। कार्यसमिति सदस्यमा मुक्तिराम न्यौपाने, नारायण भुसाल, विनय रिजाल, सुजन रायमाझी र गौरव पौडेल निर्वाचित भएका छन्। यसपटक रुसबाट अन्तर्राष्ट्रिय समन्वय परिषद् सदस्यमा डा. मनामूर्ति भुर्तेल निर्वाचित भएको जनाइएको छ।

प्रकाशित: १३ साउन २०८२ १९:३० | Tuesday, July 29, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast