बाजुराका विद्यालयलाई नियमअनुसार प्रअ नियुक्ति गर्न निर्देशन

हिमाल प्रेस १३ साउन २०८२ १५:१३ | Tuesday, July 29, 2025
बाजुराका विद्यालयलाई नियमअनुसार प्रअ नियुक्ति गर्न निर्देशन

बाजुरा- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको शिक्षा तथा मानव स्रोत विकास केन्द्र, शिक्षा विकास तथा समन्वय एकाई बाजुराले जिल्लाका सम्पूर्ण सामुदायिक विद्यालयलाई प्रधानाध्यापक नियुक्ति, कार्यकाल र व्यवस्थापनसम्बन्धी व्यवस्था कार्यान्वयन गर्न निर्देशन दिएको छ।

शिक्षा नियमावली, २०५९ मा गरिएको संशोधन अनुसार परिच्छेद १७ को नियम ९३ मा प्रधानाध्यापकको नियुक्ति र व्यवस्थापनसम्बन्धी स्पष्ट प्रावधान रहेको र सोही अनुसार अघि बढ्नुपर्नेमा केन्द्रले जोड दिएको छ।

साउन ७ गते शिक्षा तथा मानव स्रोत विकास केन्द्र, सानोठिमी, भक्तपुरबाट जारी गरिएको पत्रका आधारमा कार्यान्वयनको माग गरिएको हो। उक्त निर्देशनसँगै जिल्लाभरका सामुदायिक विद्यालयलाई प्रधानाध्यापक व्यवस्थापन कार्य गर्न अनुरोध गरिएको छ।

सम्बन्धित सबै विद्यालयलाई यो निर्देशन कार्यान्वयन गर्न भनिएको छ भने बाजुराका सबै ९ वटा स्थानीय तहरूलाई व्यवस्थापनमा सहजीकरण तथा समन्वयका लागि अनुरोध गरिएको छ।

प्रकाशित: १३ साउन २०८२ १५:१३ | Tuesday, July 29, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast