बागमती कांग्रेस : यी हुन् लामाको पक्ष विपक्षमा उभिएका सांसदहरू

हिमाल प्रेस १३ साउन २०८२ १५:०३ | Tuesday, July 29, 2025
बागमती कांग्रेस : यी हुन् लामाको पक्ष विपक्षमा उभिएका सांसदहरू फाइल तस्बिर

काठमाडौँ- बागमती प्रदेशमा नेपाली कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामाले विश्वासको मत गुमाएका छन्। मंगलबार संसदीय दलमा भएको मतदानमा उनीविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावको पक्षमा बहुमत सांसद उभिएपछि उनले दलको नेताको हैसियत गुमाएका हुन्।

कुल ३७ जना कांग्रेस सांसदमध्ये लामाको पक्षमा १५ सांसद मात्र देखिए भने २२ जना सांसदले उनलाई हटाउन मत दिएका छन्।

लामाको पक्षमा रहेका सांसदहरूमा कुन्दनराज काफ्ले, उत्तम जोशी, लक्ष्मी श्रेष्ठ, रमेशकुमार महत, हरिप्रभा खड्गी, रामकुमार पहाडी, क्षत्रबहादुर बम्जन, गीता गुरुङ, मसिना खड्का, तिर्थ लामा, रामकृष्ण चित्रकार, माया श्रेष्ठ, गोविन्द लम्साल र  समिता खड्गी हुन्।

त्यसैगरी लामाको विपक्षमा रहेका सांसदहरूमा इन्द्रबहादुर बानियाँ, शिवराज अधिकारी, कञ्चनचन्द्र वादे, दिपेन्द्र श्रेष्ठ, पुकार महर्जन, बिनु रायमाझी पौडेल, यमुना देवी श्रेष्ठ, उर्मिला नेपाल केसी, शान्ता ढकाल, प्रभात तामाङ, छिरीङ दोर्जे लामा, मीना पराजुली, याङकिला शेर्पा, मीनकृष्ण महर्जन, बिमल ठकुरी, मदुकुमार श्रेष्ठ, सुरजचन्द्र लामिछाने, सुरेश श्रेष्ठ, श्रीराम लामिछाने, सुना परियार, श्यामबहादुर खड्का र कृष्णबहादुर तामाङ हुन्।

प्रकाशित: १३ साउन २०८२ १५:०३ | Tuesday, July 29, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + 16 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast