बागमतीमा लामाविरुद्धको अविश्वास प्रस्ताव पारित, मुख्यमन्त्रीका लागि बानियाँको बाटो खुला

हिमाल प्रेस १३ साउन २०८२ १३:४५ | Tuesday, July 29, 2025
बागमतीमा लामाविरुद्धको अविश्वास प्रस्ताव पारित, मुख्यमन्त्रीका लागि बानियाँको बाटो खुला

काठमाडौँ- बागमती प्रदेश नेपाली कांग्रेस संसदीय दलका नेता तथा मुख्यमन्त्री बहादुरसिंह लामाविरुद्ध दर्ता गरिएको अविश्वास प्रस्ताव पारित भएको छ।

मंगलबार भएको मत विभाजनमा लामाको पक्षमा १५ र विपक्षमा २२ सांसदले मत दिएका छन्। नेपाली कांग्रेसको ३७ सदस्यीय दलभित्र लामाविरुद्ध आफ्नै पार्टीका सांसदहरूले प्रस्ताव दर्ता गरेका थिए।

अविश्वास प्रस्ताव कांग्रेसकै नेता इन्द्रबहादुर बानियाँको नेतृत्वमा दर्ता गरिएको थियो जसमा २१ सांसदको हस्ताक्षर थियो।

अविश्वास प्रस्तावमाथिको मत विभाजन कांग्रेस केन्द्रीय सदस्य तथा पर्यवेक्षक राजन केसीको अध्यक्षतामा सम्पन्न भएको हो। यससँगै लामाको पद गुमेको छ र अब इन्द्रबहादुर बानियाँलाई बागमती प्रदेशको नयाँ मुख्यमन्त्री बन्ने बाटो खुलेको छ।

प्रकाशित: १३ साउन २०८२ १३:४५ | Tuesday, July 29, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast