नागपञ्चमीको अवसरमा चाँगुनारायणमा दर्शनार्थीको घुइँचो

हिमाल प्रेस १३ साउन २०८२ १३:१० | Tuesday, July 29, 2025
नागपञ्चमीको अवसरमा चाँगुनारायणमा दर्शनार्थीको घुइँचो

भक्तपुर- चाँगुनारायण मन्दिरमा आज बिहानदेखि दर्शनार्थीको भीड लागेको छ। विश्व सम्पदा सूचीमा सूचिकृत सो मन्दिरमा आज नागपञ्चमीको मेला भर्ने भक्तजनको घुइँचो लागेको हो।

चाँगुनारायण मन्दिरमा पूजा एवं दर्शन गरेपछि घरघरमा नाग टाँस्ने प्रचलन छ। बिहानदेखि मध्यपुरथिमिबाट आएको गुँला बाजाले मन्दिर प्रदक्षिणा गरेको छ।

मन्दिरदेखि दक्षिणतर्फ ओरालोमा रहेको ऐतिहासिक शङ्खदह (साङ्ग दह) मा स्नान गर्न आउनेको पनि भीड छ। शङ्ख दहमा स्नान गर्ने, पूजा गर्ने र दान गर्नेको भीड लागेको मन्दिरका पुजारी आभास राजोपाध्यायले जानकारी दिए।

शङ्खदहमा स्नान गरेर चाँगुनारायण मन्दिरमा आएर शिव र विष्णुको पूजा गर्ने परम्परा छ। चाँगुनारायण मन्दिरका मूल पुजारी चक्रधरानन्द राजोपाध्यायले हरेक वर्ष नागपञ्चमीमा बिहानदेखि दिनभर दर्शनार्थीको भीड लाग्ने बताए।

उनले मन्दिरभित्र भक्तजनले एकै पटक शिव र विष्णुको दर्शन गर्ने बताए। उनले भने, ‘नागपञ्चमी नाग देवतासँग सम्बन्धित छ। आज दिनभर दर्शनार्थीको भीड लाग्ने गर्छ।’

प्रकाशित: १३ साउन २०८२ १३:१० | Tuesday, July 29, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast