फिल्म बनाउँदै ‘कमेडी दरबार’ टिम, नाम राखे ‘क का कि की’

हिमाल प्रेस १३ साउन २०८२ १०:५५ | Tuesday, July 29, 2025
फिल्म बनाउँदै ‘कमेडी दरबार’ टिम, नाम राखे ‘क का कि की’

काठमाडौँ- चर्चित कमेडी रियालिटी सो ‘कमेडी दरबार’ टिमले फिल्म बनाउने भएका छन्। टिमले फिल्मको थिम पोस्टर सार्वजनिक गर्दै फिल्मको नाम घोषणा गरेका हुन्।

फिल्मको नाम ‘क का कि की’ राखिएको छ। पोस्टरमा चर्चित कलाकार गौरी मल्ल, तृप्ति नदकर, रेखा थापा र महेश त्रिपाठीको क्यारेक्टर लुक्स प्रस्तुत गरिएको छ। थिम पोस्टर रोयल भिमसेनले तयार गरेका हुन्।

फिल्ममा उनीहरूसँगै कमेडी दरबार टिमका मिस पबी, पवन खतिवडा, हिमेश पन्त, सुजता श्रेष्ठ, विश्वास तिम्सिना, सीडी विजय अधिकारीलगायत कलाकार पनि रहनेछन्।

कमेडी शैलीमा निर्माण हुने फिल्म विक्की अग्रवाल र श्रद्दा प्रसाईंले निर्देशन गर्नेछन्। विक्की अग्रवाल, विकाश अर्याल र सरोज भण्डारीको कथा लेखन रहेको फिल्मको पटकथा विक्कीले तयार पारेका छन्।

निर्माताका रूपमा श्रद्दा प्रसाईं र सुमित्रा थापाको प्रस्तुतिमा बन्न लागेको फिल्म सुदिप बरालले छायांकन गर्नेछन्। निर्देशक अग्रवालका अनुसार फिल्म आगामी दसैँपछि छायांकन सुरू गरिनेछ।

लोकप्रिय ‘कमेडी दरबार’ सञ्चालन गरिरहेको निर्देशक अग्रवालको टिमको यो पहिलो फिल्मी प्रोजेक्ट हो।

निर्देशक अग्रवालले भने, ‘आफ्नो फिल्मी करियरको सुरुवात नै अग्रजहरूसँग सहकार्य गर्ने उत्कृष्ट अवसर पाएको छु। ‘क का कि की’ को यात्रामा हामीलाई विश्वास छ कि सम्पूर्ण दर्शकहरूको साथ फेरि पनि प्राप्त हुनेछ। हाम्रो टिम ‘कमेडी दरबार’ को एउटै उद्देश्य अब टेलिभिजनसँगै हलहरूमा पनि तपाईंहरूको हाँसो ल्याउनु हो।’

प्रकाशित: १३ साउन २०८२ १०:५५ | Tuesday, July 29, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast