नीताको ‘सुख दुःख’ मा मिथिला शर्मा

हिमाल प्रेस १२ साउन २०८२ ११:०० | Monday, July 28, 2025
नीताको ‘सुख दुःख’ मा मिथिला शर्मा

काठमाडौँ- अभिनेत्री तथा निर्मात्री नीता ढुंगाना अधिकारीले निर्देशन गर्ने फिल्म ‘सुख दुःख’ मा मिथिला शर्मा अनुबन्ध भएकी छन्। उनलाई निर्देशक तथा निर्मात्रीसमेत रहेकी अधिकारीले फिल्मका लागि अनुबन्ध गरेकी हुन्।

अभिनेत्री शर्मालाई अनुबन्ध गर्दै नीताले भनिन्, ‘फिल्ममा मिथिला शर्मालाई जोड्न पाउँदा धेरै नै उत्साहित छौ।’ यसअघि यो फिल्मका लागि चर्चित भारतीय छायाकार कवीरलाल र शाहिदलाल डिओपीका लागि अनुबन्ध भएका थिए।

अन्य कलाकारबारे छनोट कार्य भइरहेको उनले बताइन्। नीता ढुंगानाको डेब्यु निर्देशन रहने फिल्मको निर्माण व्यवस्थापनमा शंकर पाण्डे जोडिएका छन्।

नीता फिल्म्सको ब्यानरमा बन्न फिल्मको वितरण अधिकार उपत्यकाबाहिर एफडी कम्पनीले लिएको छ भने उपत्यकाभित्र रिच इन्टरटेनमेन्टले पाएको छ।

प्रकाशित: १२ साउन २०८२ ११:०० | Monday, July 28, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast