नेसपा नयाँ शक्ति कास्कीद्वारा भ्रष्टाचारविरुद्ध प्रदर्शन सुरु

हिमाल प्रेस ११ साउन २०८२ १०:१९ | Sunday, July 27, 2025
नेसपा नयाँ शक्ति कास्कीद्वारा भ्रष्टाचारविरुद्ध प्रदर्शन सुरु

कास्की- स्वाधीनता, संघीयता, सुशासन, समृद्धि र समाजवादका पक्षमा तथा भ्रष्टाचारविरुद्ध नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) कास्कीले प्रदर्शन सुरु गरेको छ।

आज बिहान ११ बजे कास्कीको प्रमुख प्रशासनिक केन्द्र जिल्ला प्रशासन कार्यालय अगाडि सो प्रदर्शन हुने नेसपा नयाँ शक्ति जिल्ला समितिले जानकारी दिएको छ।

प्रदर्शनमा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्र प्रमुखको व्यवस्था स्थापना गर्नुपर्ने मागसहित भ्रष्टाचारविरुद्ध जनदबाब सिर्जना गरिनेछ।

‘समृद्धि सम्भव हाम्रै पालामा’ भन्ने नारासहितको यो कार्यक्रम नेसपा नयाँ शक्तिको अभियानअन्तर्गत आयोजित गरिएको हो।

नेसपा नयाँ शक्ति कास्कीका अध्यक्ष नेत्र चापागाईंको नेतृत्वमा हुने कार्यक्रममा पार्टीका स्थानीय नेताहरू, कार्यकर्ता र नागरिक समाजका प्रतिनिधिहरूको सहभागिता रहने जनाइएको छ।

प्रकाशित: ११ साउन २०८२ १०:१९ | Sunday, July 27, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast