कथाकार बैरागीको ‘रित्तो हात’ विमोचित

हिमाल प्रेस ११ साउन २०८२ १०:१८ | Sunday, July 27, 2025
कथाकार बैरागीको ‘रित्तो हात’ विमोचित

काठमाडौँ- कथाकार सुजन वैरागीको कथासंग्रह ‘रित्तो हात’ शनिबार काठमाडौँमा लोकार्पण गरिएको छ। विमोचन समारोहमा कथाकार प्राज्ञ माया ठकुरीले कथामा विषयवस्तुलाई सूक्ष्म ढंगले नियालेर कथा संरचना गरेको बताइन्। नवपुस्तामा आशालाग्दा कथाकारको रूपमा कथाकार वैरागीको आगमन भएको दाबी ठकुरीको छ। उनले कथाकार वैरागीको कथाकारिताको भविष्य उज्ज्वल रहेको बताइन्।

डा. हरिप्रसाद सिलवालले वैरागीको ‘रित्तो हात’ ले नेपाली साहित्यमा नयाँ इँट्टा थपेको बताए। समाजका यथार्थ विषयलाई लिएर सूक्ष्म दृष्टिले कलात्मक शैलीमा कथामा प्रस्तुत गरिएका कथामा गाउँ, सहर, देश र विदेश विभिन्न परिवेशमा कथा प्रस्तुत गरिएको र कथा पढिरहँदा आफू त्यही परिवेशमा पुग्न सक्ने गरी कथा संरचना गरिएको बताए।

समारोहमा कवि, कलाकार रमेश पौडेलले कथाकार वैरागीको कथाशिल्प प्राञ्जल भएकाले कृति सबैका लागि पठनीय भएको दाबी गरे। कथाकार वैरागीले साहित्यको दोस्रो कृतिले जन्म दिँदै गर्दा आफ्ना स्वर्गीय आमा-बुबा र दाइलाई सम्झँदै आध्यात्मिक संसारबाट सधैँ आशीर्वाद प्राप्त भइरहने अपेक्षा गरे।

दुई दशकअघिदेखि साहित्य र पत्रकारितामा लागेका रामेछापका सीताराम दर्लामी साहित्य र पत्रकारितामा सुजन वैरागीका नामले परिचित छन्। उनी कुशल ग्राफिक्स डिजाइनरसमेत हुन्। २०६७ सालमा पहिलो कृतिका रूपमा मुक्तकसंग्रह ‘पर्खाइका पलहरु’ प्रकाशित गरेका थिए भने ‘पल्लवी रातहरू’ संयुक्त कृति प्रकाशित भई सकेका छन्।

रुमानी साहित्यिक पत्रिककाका कार्यकारी सम्पादक रहेका वैरागीको अन्य थुप्रै पत्रिकामा सम्पादक भएर काम गरिससकेका छन्। अमेरिकाको डाइनामिक बुना इन्क र ब्लाइन्ड कोर्पले प्रकाशन गरेको कृतिमा १९ वटा कथा छन्।

प्रकाशित: ११ साउन २०८२ १०:१८ | Sunday, July 27, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast