
काठमाडौँ- प्रहरीले सिरहामा गोली हानेर एक भारतीय नागरिकलाई लागुऔषधसहित नियन्त्रणमा लिएको छ। सिरहाको नवराजपुर गाउँपालिका–४ कुसण्डीबाट प्रहरीले भारतीय नागरिकलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा भारत बिहार मधुबनी जिल्लाका ३८ वर्षीय श्यामसुन्दर पासवान रहेको जिल्ला प्रहरी कार्यालय प्रवक्ता डीएसपी बीरेन्द्र पासवनाले जानकारी दिए।
भारतबाट नेपाल प्रवेश गरेको बीआर ३२ एम ७३३८ नम्बरको मोटरसाइकललाई जाँचका लागि रोक्न खोज्दा चालकले मोटरसाइकल नरोखी भाग्न खोजेपछि प्रहरीले पेस्तोलबाट एक राउन्ड गोली प्रहार गरेको डीएसपी पासवानले बताए।
गोली प्रहारपछि मोरसाइकल नियन्त्रणमा लिई चालक पासवानलाई पक्राउ गरिएको उनले जानकारी दिए।
पक्राउ परेका पासवानको साथबाट ५० ग्राम खैरो हिराइन बरामद भएको प्रहरीले जनाएको छ। उनीमाथि आवश्यक अनुसन्धान सुरू भएको प्रहरीको भनाइ छ।